सुनसरीका तीन निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता कायम
सुनसरी | मंसिर ६, २०७९
काठमाडौं: सुनसरीका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले ९७३ मतसहित सुरुवाती अग्रता कायम गरेकी छिन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राई ९५१ मतसहित दोस्रो स्थानमा छन् । एमालेबाट बागी उम्मेदवार बनेका मनोजकुमार मेयाङ्गो ९१० मतसहित तेस्रो स्थानमा रहँदा एमाले गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई चौथो स्थानमा छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा ७४६ मतसहित पाँचौं स्थानमा पुगेका छन् ।
सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाकै लालविक्रम थापा ८९४ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सिताराम महतो ७०५ मतसहित दोस्रो स्थानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका भीमप्रसाद आचार्य ६२६ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, सुनसरी ३ मा कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी ७३४ मतसहित दोस्रो स्थानमा रहँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विजय कुमार गच्छदार ५३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
सुनसरी ४ मा भने रास्वपाका जीवनकुमार श्रेष्ठ ५५३ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७९८ मतसहित अग्रता कायम गर्दा नेकपा एमालेका जगदिश प्रसाद कुसियैत १ हजार ६९२ मतसहित दोस्रो स्थानमा छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

